केन्द्रीय प्रयोगशालाले नियमित परीक्षण सेवा सुरु गर्ने

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला । सबै तस्बीरहरु /दीपा दाहाल /देशसञ्चार

काठमाडौँ– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुरू गर्ने भएको छ।

बिहीबार सूचना जारी गर्दै कोरोना महामारीको कारण बन्द गरिएको नियमित परीक्षण आइतबारबाट सुरू हुने बताएको हो।

अहिले दुई सय बिरामीको परीक्षणबाट सेवा सुरूवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने प्रयोगशालाले जनाएको छ।

नमुना संकलन बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुने छ।

कोरोना महामारीको कारण गएको चैत्र ७ गतेदेखि नियमित सेवा बन्द गरेको थियो।

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्