हिमालपारीको गाउँ लिमीमा रहेको चौरी श्रोत केन्द्रको वृत्तचित्र बन्‍ने

हुम्ला-चौरी पालनको बढी सम्भावना रहेको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा स्थापना भएको चौरी श्रोत केन्द्रको बृत्तचित्र बन्ने भएको छ।

श्रोत केन्द्रको अबस्था, संभावना र समस्यालाई समेटेर उक्त बृत्तिचित्र बनाउन लागिएको हो।

अघिल्लो आर्थिक वर्षमा स्थापना भएको श्रोत केन्द्रको बारेमा यसवर्ष बृत्तचित्र तयार गर्ने कार्यक्रम रहेको पशु अस्पता तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए।

चालु आर्थिक वर्षको बार्षिक कार्यक्रममा उक्त कार्यक्रम भएपनि कोरोना कहरले गर्न नसकिएको र अब तयारी गरिने भएको छ। लिमीको तुम्लिङमा स्थापना भएको श्रोत केन्द्रमा हालसम्मको अबस्था, भोगिएका समस्या, अब गर्न सकिने काम, हालसम्मको प्रगतिलाई बृत्तचित्रमा समेटिने भएको छ।

यसबाट आगामी दिनमा श्रोत केन्द्रलाई अगाडी बढाउन सहयोग पुग्ने बिस्वास कार्यालयले लिएको छ। वृत्तचित्रको तयारीबाट श्रोत केन्द्रको यथार्थ अबस्था बाहिर आउने बिस्वास गरिएको छ । यसले चौरी पालनको राम्रो संभावना भएको लिमीमा संभावित लगानी गर्ने बाटो खोल्ने देखिएको छ।

पहिले लिमीको एउटै घरमा पचास साठी चौरी हुने गरेकोमा पछिल्ला वर्षहरुका पालनको समस्या र मानिस शहर प्रतिको मोहका कारण यो ब्यबसाय संकटमा पर्दे आएको बेला चौरी पालनलाई ब्यबसयीयक रुपमा अगाडी बढाउन दुई वर्ष अगाडी श्रोत केन्द्र स्थापना गरिएको हो।

उक्त श्रोत केन्द्रमा ६३ वटा याक तथा चौरी खरिद गरिएकोमा हाल चौरीको संख्या ११५ वटा पुगेको छ भने श्रोत केन्द्रमा घ्यू तथा छुर्पी पनि बिक्री सुरु भएको छ ।

 

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्