होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौँ–होटल संघ नेपालका निवर्तमान अध्यक्ष अमरनाथ शाक्यको निधन भएको छ। उनको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

उनले २४ वर्षभन्दा बढी होटल संघमा सक्रिय रुपमा काम गरेका थिए। उनी एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुका साथै अतिथ्य उद्योगको स्तरउन्नती र समग्र पर्यटन प्रबर्धनका एक सक्रिय अभियान्ता पनि थिए।

उनलाई सरकारले होटल तथा पर्यटन उद्योगको विकासकामा पुर्‍याएको योगदानका लागि ‘प्रवल जनसेवाश्री चतुर्थ’बाट सम्मानित गरेको थियो।

होटल क्षेत्रमा रोजगारदाता र श्रमिककोबिच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्ने उनी एक कुशल व्यक्ति थिए। उनको निधनप्रति होटल संघ नेपालले श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दुखको घडिमा उनको परिवारजन प्रति हार्दिक समवेदा प्रकट गरेको छ।

 

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्