कोरोना अपडेट : संक्रमित २ लाख १६ हजार ९६५, निधन १२९८, डिस्चार्ज १ लाख ९१ हजार २

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

स्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ७, ओखलढुंगाका ६, झापाका ३३, तेह्रथुमका ४, धनकुटाका २, पाँचथरका १, भोजपुरका १, मोरङका २०, संखुवासभाका ३४, सुनसरीका ५५, सोलुखुम्बुका ३, धनुषाका २४, पर्साका १, बाराका ७, महोत्तरीका ४, रौतहटका १, सप्तरीका २, सर्लाहीका ३, सिराहाका १७, काठमाडौँका ८६२, काभ्रेका ५४, चितवनका ८७, दोलखाका १७, धादिङका १४, नुवाकोटका ११, भक्तपुरका ७१, मकवानपुरका ८, रामेछापका ६, ललितपुरका १७४, सिन्धपाल्चोकका ११, सिन्धुलीका २, कास्कीका ८८, गोरखाका ११, तनहुँका ७, नवलपरासीपुर्वका १४, पर्वतका १, म्याग्दीका १, लमजुङका ११, वागलुङका ५, स्याङजाका ७ संक्रमित थपिएका छन्।

त्यस्तै, अर्घाखाँचीका २, कपिलवस्तुका ७, गुल्मीका ४, दाङका ५१, नवलपरासीका १९, पाल्पाका १५, प्युठानका ६, बर्दियाका ९, बाँकेका ८, रुपन्देहीका ६०, कालिकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सल्यानका ६, सुर्खेतका २, अछामका १, कञ्चनपुरका ७, कैलालीका २४, डढेलधुराका ५, डोटीका १, दार्चुलाका १९, बझाङका २, बाजुराका १, तथा बैतडीका ३ जना संक्रमित थपिएका हुन्।

स्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा १० हजार ३ सय ४० पीसीआर परीक्षण भएको छ। यसैगरी देशभर ४०३ जनाको आइसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा संक्रमण पुष्टि भएको हो।

 

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्