बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

तिलोत्तममा नगरपालिकाका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनीहरूमा उच्च रक्तचाप र मुटुको समस्या थियो।

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्