अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठको तेस्रो दिनको विधि सम्पन्न

जनकपुरधाम-छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई आजको विधि सम्पन्न गरिएको छ।

चार दिनसम्म मनाइने लोकपर्व छठको तेस्रो दिन जनकपुरधाम सहित देशभर विभिन्न पोखरी, नदी, इनार लगायतको पानीको स्रोत भएको स्थानबाट अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ।

कोरोना महामारीको बिच भएको छठ पर्वमा जनकपुरधामको पोखरीको डिलहरुमा हजारौँको संख्यामा श्रद्धालुभक्तजनहरु उपस्थित भएका छन् । स्थानिय प्रशासनले छठ पर्वमा भिडभाड नगर्न तथा पानीमा नगइकन छठ पर्व मनाउन भनेपनि त्यो सूचनामा मात्र सिमित भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ की लक्ष्मी देवीले छठ पर्व पानिमा प्रवेश नगरिकन अर्घ दिनु सम्भव नभएकोले आफुहरु पानीमा अर्घ दिन पसेको बताइन्। छठ पर्वमा ब्रतालुहरु पोखरी, नदि लगायत पानीको क्षेत्रमा पानीमा प्रवेश गरी अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएकी छिन् ।


अब छठको अन्तिम दिन भोली उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यस वर्षको लागि छठ पर्व सम्पन्न हुनेछ।

बुधबार देखि सुरु भएको छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइने गरिन्छ।

यस पर्वको उपलक्ष्यमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत शुभकामना व्यक्त गर्दै दुई दिनको सार्वजनिक विदा दिएको सूचना जारी गर्दै जानकारी दिएका छन् ।

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्