काठमाडौँ- कोरोना महामारीका कारण काठमाडौँमा यो वर्ष छठपूजाको रौनक कम रह्यो।

नदीकिनारहरुमा फाट्टफुट्टमात्र भक्तजन देखिए। सरकारले कोरोना महामारीको कारण देखाउँदै छठका सार्वजनिक कार्यक्रमहरु नराख्न आग्रह गरेपछि भक्तजनहरु खुम्चिएका छन्।

काठमाडौँकै कतिपय भक्तजनहरुले घरमै कृतिम तलाउ बनाएर छठको पूजा गरेका छन्।

राजधानीको भोटेबहालमा सात परिवारले आफू बसोबास गर्ने क्षेत्रमै कृतिम तलाउ बनाएर छठपूजा गरेका छन्। उनीहरुले समुदायमै बनाइएको कृतिम पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

उदाउँदो सूर्यलाई शनिबार बिहान अर्घ्य दिएसँगै छठ समापन हुनेछ। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु: