मेस्सी बार्सिलोनामै रहनु भन्ने चाहन्छुः पेप गार्डिवला

लियोनल मेस्सीले आफ्नो व्यवसायिक खेल जीवन बार्सिलोनामै रहेर टुंग्याउन् भन्ने चाहना रहेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले बताएका छन् ।

गार्डिवलाले सिटीसँग थप दुई वर्षको सम्झौता गरेका छन् बिहीबार । त्यस लगत्तै उनले आफ्ना पूर्व खेलाडी मेस्सीलाई ल्याउन चाहेको खबर आयो । गएको समरमा मेस्सीले बार्सिलोना छोड्न चाहेका थिए, तर सम्झौतामा रहेको नियमका कारण पाएनन् ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता आउँदो समरमा सकिने छ । उनले आउँदो जनवरी १ देखि स्पेन बाहिरको कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्न सक्ने छन् ।

गार्डिवलाले भनेका छन्, ‘मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले यो कुरा हजारौँ पटक भनेको छु । एक फ्यानका रुपमा लियोले आफ्नो खेल जीवन त्यहिँ टुंग्याउन् भन्ने चाहन्छु ।’

गएको समरमा मेस्सी बार्सिलोना छोडेर म्यानचेस्टर सिटी आउने प्रयासमा थिए।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्