काठमाडौँ – सूर्य देवको विशेष रुपमा पूजा गरि मनाइने छठ पर्व सकिएको छ । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ विधिवत रुपमा सम्पन्न भएको हो ।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष नदी तथा तलाउहरुमा विगतमा जस्तो वर्तालुको भिडभाड त्यति थिएन । तर औपचारिक रुपमा छठ पूजाको विशेष व्यवस्था नभए पनि देशभरका नदी तथा तलाउहरुमा सूर्य देवको पूजाका लागि वर्तालु पुगेका थिए ।

काठमाडौँका विभिन्न नदी तथा तलाउमा पनि विगतको भन्दा कम भए पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिएर पर्व मनाए ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले गुहेश्वरी गौरीघाट क्षेत्रमा शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छठ वर्तालुका केही तस्बिर खिचेकी छन् ।