काठमाडौँ – विगतका वर्षहरुमा कमलपोखरी काठमाडौँका छठ वर्तालुहरुको प्रमुख केन्द्रका रुपमा रहँदै आएको थियो ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण सार्वजनिक वा सामूहिक रुपमा छठ वर्पको वर्तसहितको समारोह भएन । तर पनि वर्तालुहरु सीमित संख्यामा कमलपोखरी गएर सूर्य देवको आराधना गरेका छन् ।

शुक्रबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका वर्तालुले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर वर्त समापन गरेका छन् । कमलपोखरी पुगेका श्रद्धालुहरुले बिहानै सूर्यलाई विधिपूर्वक पूजा गरे । अर्घ्य दिए ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कमलपोखरीमा शनिबार बिहान छठका वर्तालुहरुको गतिविधि र सूर्य देवको आराधनालाई केही तस्बिरमा समेटेका छन् ।