नेपालगञ्ज म्याराथनः हाफ म्याराथनमा सशस्त्रकी पुष्पा भण्डारी पहिलो

नेपालगञ्ज – छैठौँ नेपालगञ्ज म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन् ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उनले उपाधि जितेकी हुन् । पुष्पाले १३ औँ सागमा सिल्भर मेडल जितेकी थिइन् ।

यस्तै जुम्लाकी मञ्जु रावत १ घण्टा ३० मिनेट सात सेकेण्डमा दूरी पूरा गरेर दोस्रो भइन् । तेस्रो भएकी दाङकी सर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरिन् ।

यसैगरी चौथो, पाँचौँ र छैटौँ भएका सुदूरपश्चिमकी सकुन्तला ठगुन्ना १ घण्टा ४२ मिनेट ६ सेकेण्ड, दाङकी अनिशा चौधरीले १ घण्टा ४२ मिनेट २२ सेकेण्ड र बर्दियाकी कल्पना चौधरीले १ घण्टा ४२ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरे ।

प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथो, पाँचौँ र छैठौँ हुने क्रमशः ७, ६ र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्