सशस्त्रका गोपीचन्द्र पार्कीले जिते नेपालगञ्ज म्याराथनको उपाधि

नेपालगञ्ज – छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन् । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन् ।

नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका छन् ।

यस्तै हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन् ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उनले उपाधि जितेकी हुन् । पुष्पाले १३ औँ सागमा सिल्भर मेडल जितेकी थिइन् ।

यस्तै जुम्लाकी मञ्जु रावत १ घण्टा ३० मिनेट सात सेकेण्डमा दूरी पूरा गरेर दोस्रो भइन् । तेस्रो भएकी दाङकी सर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरिन् ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्