राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण

काठमाडौँ – राष्ट्रिय विभूति शंखधर साख्वाः र मानवअधिकारवादी, भाषा तथा जातीय समानताको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका पद्मरत्न तुलाधरको शालिक निर्माण भएको छ ।

उनीहरुको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधरको शालिक अनावरण गरेका हुन् । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गरेका छन् ।

करिब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेका ती दुई शालिकको अनावरणपछि मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरे ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्