कन्चटमा पेस्तोल ताक्ने युवक पक्राउ

जनकपुरधाम – सिरहामा छठ घाटबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।

शनिबार बिहान करिब ७ बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा युवकलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ पर्ने औरही गाउँपलिका वडा नम्बर ५ का २२ वर्षीय रविन दास रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

दासले सोही स्थानका ४२ वर्षीय बिनोद कुमार यादवलाई पुरानो रिसइबीका कारण कटुवा पेस्तोल निकाली कन्चटमा ताकेको अवस्थामा स्थानीय मानिसहरुले प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीले युवकलाई साथ कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने गोली ३ राउण्ड वरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्