हङकङ आगलागीमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो

फाइल तस्बिर।

हङकङको याउमा तेइमा रहेको रेष्टुरेन्टमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। नेपालीले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा आइतबार राति भएको आगलागीमा घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या आठ पुगेको हो।

४० वर्षीया विनिता तामाङ, ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३५ वर्षीय राजबाबु नेपाल, ३२ वर्षीया अनिता निरौला र ९ वर्षीय रायन नेपालको आगालागीमा परी आइतबार नै मृत्यु भएको थियो।

आगलागीमा ज्यान गुमाउने आठमध्ये पाँच जना एकै परिवारका हुन्।

उक्त आगलागी हङकङमा पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्