कोरोना अपडेटः संक्रमित २ लाख १८ हजार ६३९, निधन १३०५, डिस्चार्ज १ लाख ९३ हजार ३२५

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सुनसरीमा ५, सोलुखुम्बुमा १, धनुषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४, सिरहामा ७, काठमाडौँमा ६८५, काभ्रे ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १६५ र सिन्धुपाल्चोकमा ७ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा २, कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासीपूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रुपन्देहीमा ५७, रोल्पामा ७, दैलेखमा ४, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा १, अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धुरामा ६, बझाङमा ६, बाजुरामा १, बैतडीमा १ जना कोरोना पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ। हालसम्म देशभर १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ७ जनाकाे कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार देशभर २ हजार ३ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् भने ७ सय ५७ जना क्वारेन्टिनमा छन्।

हाल देशभर ३३६ जना कोरोना संक्रमितको आईसीयुमा र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ४६, प्रदेश २ मा ९, बागमतीमा १२१, गण्डकीमा ८६, लुम्बिनीमा ५६, कर्णालीमा ११ र सुदूरपश्चिममा ७ जना आईसीयुमा रहेका छन्।

यस्तै प्रदेश १ मा ८, प्रदेश २ मा १, बागमतीमा २२, गण्डकीमा १४ र लुम्बिनीमा २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ भने मनाङ र मुगुमा हाल सक्रिय संक्रमित छैनन्।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्