चीनसँगको सीमा विवादबारे राजधानीमा प्रदर्शन

काठमाडौँ– हुम्लासँग जोडिएको सीमा क्षेत्रमा चीनले नेपाली भुभाग मिचेको भन्दै युवाहरुले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा उनीहरुले ‘भुमि मिच्न पाइँदैन’, ‘गो ब्याक चाइना’ लगायतका नारा लगाएका थिए।

विरोध प्रदर्शनमा सहभागीमध्ये अधिकांश हाल काठमाडौँमा रहेका हुम्लाका युवाहरु रहेको विरोध प्रदर्शनमा सहभागी जीत क्षेत्रीले जानकारी दिए। आफूहरु स्वतःस्फूर्त रुपमा आएको क्षेत्रीले बताए।

गत असोज पहिलो साता हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रमा चीनले नेपाली भुभागमा भवन बनाएको समाचार सार्वजनिक भएको थियो। तर सरकारी टोलीले चीनले आफ्नै भुभागमा भवन बनाएको निष्कर्ष निकालेको थियो।

चीनले पनि नेपाली भुभाग नमिचेको बताउँदै आएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्