बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण

झापा– झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मेची अस्पताल भद्रपुरमा ३ दिनअघि स्वाब दिएका उनको शनिबार रिपोर्ट पोजिटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वाब दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीमा संक्रमणको लक्षण भने हालसम्म नदेखिएको शाखाले जनाएको छ।

शिवाकोटीकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै उनको पनि पीसीआर परीक्षण गरिएको थियो। उनको घरमा काम गर्ने एक जना कामदारलाई पनि संक्रमण देखिएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्