काठमाडौँ उपत्यकामा थप ८९९ जनामा कोरोना पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जना संक्रमित थपिएका छन्।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्