आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सुनसरीमा ५, सोलुखुम्बुमा १, धनुषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४, सिरहामा ७, काठमाडौँमा ६८५, काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १६५ र सिन्धुपाल्चोकमा ७ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा २, कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासीपूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रुपन्देहीमा ५७, रोल्पामा ७, दैलेखमा ४, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा १, अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धुरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जना कोरोना पुष्टि भएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्