बलिउड छोडेकी जाइरा वासिमले भनिन्–म जीवनको नयाँ सुरुवातको प्रयासमा छु, मेरो फुटेज कृपया हटाइदिनुहोस्’

बलिउड छोडिसकेकी कलाकार जायरा वासिमले फ्यानसँग आफ्नो फुटेज हटाइ दिनका लागि अपिल गरेकी छन्। जाइराले भनेकी छन्, ‘फुटेजलाई इन्टरनेटबाट पूरै हटाउन असंभव हुनसक्छ, तर म आफ्नो फ्यानसँग अपिल गर्न त सक्छु नि।’
जाइराले इन्स्टाग्राममा यो सन्देश पाेस्ट गरेकी हुन् ।
उनले यो सन्देश पहिला पनि सार्वजनिक गरेको, पहिला नपढेको भए अहिले पढ्नको लागि साझा गरेको बताएकी छन्।
उनले साे सन्देशमा सबैलाई धन्यवाद दिएकी छन्। ‘मलाई तपाईँहरुले माया गर्नुभयो र दया देखाउनुभयो। मेरो साहसको माध्यम सँधै तपाईँहरु नै रहनुभएको छ। हरेक चिजमा मेरो साथ बसिदिनुभएकोमा धन्यवाद।’
‘म तापाईँहरुलाई आग्रह गर्न चाहन्छु की तपाईँहरुको एकाउन्टमा राखिएको मेरो तस्बिर हटाइदिनुस्, र आफ्नो साथीलाई पनि भनिदिनुस्। इन्टरनेटबाट तस्बिर पूरै हटाउन संभव त छैन तर म आग्रह गर्न सक्छु तपाईँकाे पेजमा तस्बिर शेयर नगर्नुस्।’
‘आशा गर्छु बाँकी चिज जस्तै यसमा पनि तपाईF मलाई साथ दिनुहुनेछ। म मेरो जीवनको नयाँ अध्याय सुरु गर्न प्रयास गरिरहेकी छु र मलाई तपाईँको सहयोगले साँच्चै नै फाइदा हुनेछ। मेरो यात्रामा साथ दिनुभएकोमा धन्यवाद।’
View this post on Instagram
जाइराले आफ्नो सामाजिक सञ्जालबाट सबै तस्बिरहरु हटाएकी छन्। त्यहाँ धार्मिक विचारहरु देख्न पाइन्छ। जाइराले दंगल, सिक्रेट सुपरस्टार जस्ता चलचित्रमा काम गरिसकेपछि सन् २०१९ मा बलिउड छोडेकी हुन्।
बलिउड छोडिसकेपछि उनी अभिनित एउटा चलचित्र ‘द स्काई इज पिंक’ सार्वजनिक भयो। जसमा उनी ‘मोटिभेषनल स्पीकर’ आयशा चौधरीको भूमिकामा देखिएकी थिइन्।