कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुरस्थित मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

धनगढी- एक जना कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर स्थित मालपोत कार्यालयले आजदेखी अनिश्चितकालका लागि सेवा बन्द गरेको छ।

कार्यालयले सूचना जारी गर्दै कोरोना संक्रमण सेवाग्राही तथा सर्वसाधारणमा फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गरेको छ।

सार्वजनिक सूचनामा आन्तरिक-प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाइएको छ।

कार्यालयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। ती महिलाका घरका अन्य सदस्यलाई कोरोना देखिएपछि स्वाव संकलन गरिएको थियो।

ती महिला कर्मचारीमा कोरोना देखिएपछि कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाव संकलनको तयारी भैरहेको खरिदार प्रेम प्रकाश सिंहले जानकारी दिए।

उनका अनुसार सोमवार बिहान सबै कर्मचारीको स्वाव संकलन गरिनेछ । स्वाव संकलन पश्चात रिपोर्ट नआएसम्म कार्यालयको सेवा ठप्प रहने छ।

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्