कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

मोरङ-कोरोना भाइरस संक्रमणका कारण उपचाररत एक पुरुषको विराटनगरमा मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार विहान करिब ११ बजे मोरंग सुनवर्षी नगरपालिकाका पुरुषको मृत्यु भएको हो।

केन्द्रका ब्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सुनवर्षी ५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमणसंगै शुक्रबारदेखि उनी केन्द्रमा उपचारका क्रममा भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि विरामीको अवस्था थप जटिल बन्दै गएको बस्नेतले जानकारी दिए।

केन्द्रमा हालसम्म ४१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १२ महिला र २९ जना पुरुष रहेका छन् ।

हाल केन्द्रमा ३३ जना संक्रमित उपचाररत रहेका छन् । जसमा ६ जना आइसियुमा रहेको केन्द्रले जनाएको छ ।

 

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्