
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल-एपीएफ, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको छलफल भएको थियो।
छलफलमा पछिल्लो सुरक्षा अवस्था र भावी रणनीतिबारे छलफल भएको बुझिएको छ। हालसालै नेपालमा सम्पन्न भारतीय जासुसी संस्था रअका प्रमुख र भारतीय स्थल सेनाध्यक्षको छुट्टाछुट्टै भ्रमण र मंसिर १४ गते चिनियाँ रक्षामन्त्रीको हुन लागेको भ्रमणबारे छलफल भएको बताइएको छ।