कैलालीको गोदावरी नगरपालिकामा ९० दिनसम्म पुग्ने क्षमताको आयल निगमको डिपो बन्ने

काठमाडौँ- नेपाल आयल निगमले सुदुर पश्चिम प्रदेशको ९० दिनसम्मको आवश्यकता पुरा गर्ने क्षमताको डिपो कैलालीको गोदावरी नगरपालिका-८ मा तयार गर्ने भएको छ।

स्याउलेमा रहेको शिवशक्ति महिला सामुदायीक बनको मातहतमा रहेको ३० बिघा जग्गा प्राप्तीका लागि प्रकृया अगाडि बढेको आयल निगको सुदुर पश्चिम प्रादेशीक कार्यालयले जनाएको छ।

उधोग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायतको टोलीले आइतबार प्रारम्भिक स्थलगत अवलोकन गरेको छ।

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्