लागुऔषध प्रकरणः भारती र हर्षलाई १४ दिन थुनामा राख्न अदालतको अनुमति

लागुऔषध प्रकरणमा प्रकाउ परेकी चर्चित कमेडियन भारती सिंहलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।

भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई पनि आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मारेकाे थियो। त्यसक्रममा उनको घरबाट एनसीबीले गाँजासमेत बरामद गरेको थियो।

सोधपुछपछि भारतीलाई एनसीबीले शनिबार नै पक्राउ गरेको थियो। हर्षलाई भने झण्डै १५ घण्टा लामो सोधपुछ गरेर आइतबार बिहान पक्राउ गरिएको हो।

एनसीबीले आइतबार नै उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो। उनीहरु विरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको छ।

अनुसन्धानको क्रममा भारती र हर्ष दुबैले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको बताइएको छ।

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्