चीनका मुस्लिमलाई उचालिरहेको गुनासोपछि सुरक्षा प्रमुखसँगै मुस्लिम आयोगका अध्यक्ष राखेर प्रधानमन्त्री ओलीद्धारा छलफल

फाइल तस्बिर।

काठमाडौँ- आफ्नो देशमा रहेका अल्पसंख्यक मुस्लिमलाई नेपालका मुस्लिमले उचाल्न सहयोग गरिरहेको चीनको गुनासोपछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग राखेर मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीसँग छलफल गरेका छन्।

अर्को साता हुने चिनियाँ रक्षामन्त्रीको औपचारिक नेपाल भ्रमणअघि प्रधानमन्त्री ओलीले यस विषयमा चासो राखेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सहभागी थिए।

संवैधानिक आयोगका रुपमा रहेको मुस्लिम आयोगले नेपालका मुस्लिमहरुको हक हितका लागि काम गर्दै आएको छ।  चीनमा अल्पसंख्यक मानिने मुस्लिमहरु र अन्य धार्मिक समूहबीच केही प्रान्तमा बेला बखत हिंसात्मक झडपसमेत हुने गरेको छ।

 

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्