भान्जा कृष्णाको बयानपछि मामा गोविन्दाले दिए कडा जवाफ

एजेन्सी- कमेडियन कृष्णा अभिषेक तथा अभिनेता गोविन्दाको बीचमा लामो समयसम्म विवाद भएपनि यसपटक भने कृष्णाको आरोपको कडा जवाफ दिएका छन्।

एक पटक कपिल शर्मा शोमा गोविन्दा आउँदा कृष्णाले उक्त बेला आफूले उक्त एपिसोडमा भाग नलिने बताएका थिए।

पछि एक अन्तर्वार्तामा कृष्णाले गोविन्दाको अगाडि आफूले प्रस्तुती दिन नसक्‍ने बताएका थिए। उनले आफू गोविन्दाको अगाडि कमेडि गर्न आपत्ति जनाएका थिए।

त्यही कृष्णाले यसपटक पनि जुम्ल्याहा बच्चासँग मामा गोविन्दा भेट्न नआएको जिकिर गरेका छन्।

तर भान्जा कृष्णाको उक्त गुनासोप्रति कडा प्रतिक्रिया जनाएका छन्। गोविन्दाले कृष्णाको सबै प्रकारको प्रश्‍नको जवाफ दिएका छन्। उनले कृष्णाको सबै बयानलाई बकवास भनेका छन्।

उनले भनेका छन्, ‘ कृष्णाको अन्तर्वार्ताको केही बयान मेरै करियर खराब गर्ने खालको छ। मैले कृष्णाको बयान सुनेँ। सबै बकवास लाग्‍यो।’

उनले कृष्णाको कुराको खण्डन गर्दै भनेका छन्, ‘जब कृष्णाको जुम्ल्याहा बच्चा अस्पतालमा थिए, म अस्पतालमा परिवारसहित भेट्न गएको थिएँ। तर मलाई नर्सले उनको परिवारले भेट्न नचाहेको बताएको थियो।’

गोविन्दा अगाडि भन्छन्, ‘नर्सको उक्त जानकारी पछि पनि आग्रह गर्दै हामीले कृष्णाको बच्चालाई टाढैबाट हेरेका थियौँ। यसपछि हामी भारी मन लिएर त्यहाँबाट फर्किएका थियौँ। तर यो कुरा कृष्णालाई थाहै छैन।’

गोविन्दाले यही कुरालाई कृष्णालाई मिडियासामू आफ्नो करियर खराब गर्न लागेको भन्‍दै दु: व्‍यक्त गरेका छन्।

 

यसका साथै गोविन्दाले अब कृष्णासँगको पारिवारिक सम्बन्धको दूरी टाढै बनाउने जिकिर गरेका छन्। उनले भनेका छन्, ‘ बेकारमा पारिवारिक सम्बन्धलाई मिडियामा बयानबाजी गरेर सम्बन्धलाई नै धक्का दिएपछि नजिक बनाउनुको कुनै अर्थ छैन। अब दूरी टाढै राखे ठीक हुन्छ। अब कृष्णको परिवारसँगको दूरी टाढै बनाउँछु मेरो जीवनमा।’

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्