मान्छेहरु कुन हतारमा हुन्छन् कुन्‍नि?

विष्णु पाण्डे


शोक व्यक्त यसरी होओस्,
पढ्नेका आखै रसाओस् !

खुशी ब्यक्त यसरि होओस्,
दुर्गन्धै पनि वासना आओस्

हामीलाई कहाँ फ़ुर्सद छ ?
खै , धैर्यता ?
मृत आत्माको चिरशान्तिको
कामना गर्ने शब्दहरु खुम्चिए,
जन्म दिनको शुभकामना
व्‍यक्त गर्ने लयहरु बदलिए

मान्छेहरु कुन हतारमा हुन्छन कुन्नी?
दुइ शब्द उस्का लागि

खर्चिने फुर्सद नभएकै होला ,
मेरो पनि बाटो त्यही हो
हेक्का नभएरै होला

आफ्नै शब्द फर्किएर
हेर्ने फुर्सद छैन,
आफ्नै मनलाई सोधेर
कोर्ने फुर्सद छैन।

शब्दहरुले आफ़नै मन रोउन,
पग्लिएर आँखाहरु अनुहारै धोउन,

तब न !
तब न !
शब्द श्रद्धान्जली पनि गरुङ्गो हुन्छ,
मन अलिकति भए पनि हलुङ्गो हुन्छ

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्