कोभिड–१९ ले लियो ६७ वर्षे वृद्ध र २५ वर्षे युवाको ज्यान

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

प्रतिष्ठानका अनुसार सोमबार बिहान सुनसरीका ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या १११ पुगेको हो ।

कात्तिक २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका बिरामीको सोमबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई मंसिर १ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। उनमा मधुमेहको पुरानै समस्या थियो ।

त्यसैगरि, इलाम नगरपालिका १ का २५ वर्षीय युवकको समेत उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आइतबार राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो । उनमा फोक्सो र घुँडामा समस्या पहिलेदेखि नै थियो ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्