ओलीले देउवा भेट्नुको अर्थ छैन : नेता सिंह

फाइल तस्विर।

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन्।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरु विपक्षीकै भूमिकामा रहने उनले बताए। नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्नसमेत सिंहले आग्रह गरे।

सोमबार सत्य साई बाबाको ९५ओै अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै नेता सिंहले झन्डै दुई तिहाई महुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए। महिनौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारीका बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो।

सरकारले गर्नु पर्ने काम केही नगरी संघीयताको मर्म र भावना विपरीत काम गरिरहेको पनि उनले बताए।

सत्ताको आडमा आजीवन जन्ताको जनमत पाए जसरी पुराना तथा इतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि कब्जाको शैलीमा आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको प्रति कडा टिप्पणी गर्दै इतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिए।

ठाउँमा ठाउँमा बनेका पार्कहरु व्यवस्थापन गर्ने राखनु पर्ने नेताका नाउँमा अन्यत्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरि पुराना इतिहास बनाएका पार्कहरु अतिक्रम गरे यो राम्रो नहुने भन्दै सत्ता ढलेपछिको परिस्थितीतमा के हुन्छ हेक्का राख्न समेत चेतावनी दिए।

आफूहरु सबैको इतिहास र उपस्थितिलाई सम्मान गर्नु पर्छ भन्ने मान्यतामा रहेकाले यसको ख्याल नगरि सत्ताको अहमता नदेखाउन जिम्मेवार दलको रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेका छन्।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्