देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ पुगेको जनाएको छ।

यस्तै गत चौबीस घन्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएको छ भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ६२९ छ।

मन्त्रालयका अनुसार हालसम्म ३६५ जनाको आईसीयु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्