प्रहरीको रगतले तीन दिनमा दुई महिलाको ज्यान जोगियो

सिमकोट- तीन दिनको अन्तरमा उच्च रक्तश्रापले अस्पतालको बेडमा थला परेकी दुईजना महिलाको प्रहरीको रगत डोनेसनले ज्यान जोगिएको छ। अस्पतालमा रोगले छटपटाइरहेका बेला प्रहरी जवानले रगत डोनेसन गर्दा उनीहरुको ज्यान जोगिएको हो।

बेला बेला रक्तश्रावको समस्या भोग्दै आएकी सिमकोट गाउँपालिका वडा नम्बर ८ की नानी बुढालाई उच्च रक्तश्राव हुन थालेपछि मात्र अस्पताल ल्याइएको थियो। अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिनसम्म रगत नपाएर छटपटाइरहेको बेला जिल्ला प्रहरी कार्यालयमा एक जना कार्यरत प्रहरी जवानले रगत डोनेसन दिएपछि ज्यान जोगिएको बताइन्।

उनको ज्यान जोगिएको तीन दिनपछि उत्सै समस्या ल्याएर सिमकोट गाउँपालिका वडा नम्बर १ की कल्दरी बोहरालाई अस्पताल ल्याइएको थियो । उनलाई पनि प्रहरीले नै रगत दिएर ज्यान जोगाएका थिए। बरिष्ठ अनमी बोहराले दुवै जनाको केश जटिल रहेको र दुबै जनालाई प्रहरी जवानबाट रगत पाएपछि ज्यान जोगिएको बताइन्।

उनीहरु दुबै जनाको रगत लगातार बग्ने गर्थ्यो। रगतको आबश्यक पर्ने बिरामी अस्पतालमा भर्ना भएका बेला अस्पतालले रगत दिन इच्छुक ब्यक्तिलाई जानकारी गराउँदै आएको छ । यस्तो कार्यमा अस्पतालमै आएर प्रहरीले नै रगत उपलब्ध गर्दै आएका छन् । पछिल्लो समय रगतको आवश्यक परे प्रहरी र सेनाले निक्कै सहयोग गर्दै आएका छन्।

गर्भवती महिलाहरु एबोर्सन गर्न बजारमा पाइने उच्च डोजका औषधी प्रयोग गर्ने र रक्तश्रावको समस्या आएपछि मात्र अस्पतालमा आउने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

बरिष्ठ अनमी बोहराले साउनयता अस्पतालमा आएर एबोर्सनको औषधी प्रयोग गर्ने महिला ९३ जना महिलामध्ये कसैलाई समस्या नआएको जनाइएको छ । तर उनका अनुसार बजारमा जथाभावी रुपमा औषधी प्रयोग गर्ने महिलालाई यो समस्या बर्षेनी रुपमा आउने गरेका छन्।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्