मौसम अनुकुल नभएपछि प्रधानमन्त्री ओली सन्दकपुर नपुगी विराटनगर हुँदै काठमाडौं फर्किए

मोरङ-मौसम अनुकुल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली इलामको सन्दकपुर नपुगी विराटनगर हुँदै काठमाडौं फर्किएका छन्।

नेपाली सेनाको हेलिकप्टरमा ताप्लेजुंग र इलाम पुग्ने कार्यक्रमका क्रममा उनी इलाममा ओर्लन नसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

हेलिकप्टर अवतरणका लागि मौषम अनुकुल नभएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले जानकारी दिए।

इलामको सन्दकपुरस्थित बोर्डर आउट पोष्टको अनुगमनका लागि उनी पुग्ने कार्यक्रम रहेको भएपनि मौषम प्रतिकुल हुदाँ प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण गर्न नसकेको उनले बताए ।

मौषम अनुकुल नभएपछि प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण गरेको थियो।

इन्धनका लागि विमानस्थलमा करिब आधा घण्टा विमानस्थलमा रोकिएपनि उनी बाहिर ननिस्किएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरंगका अनुसार हेलिकप्टर इन्धन भर्नका लागि विमानस्थलमा रोकिएको हो।

त्यसपछि प्रधानमन्त्री ओली चढ्ेको हेलिकप्टर काठमाडौं फर्किएको कार्यालयले जनाएको छ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्