कोरोना अपडेट: संक्रमित २ लाख २२ हजार २८८, निधन १ हजार ३३७, डिस्चार्ज २ लाख २ हजार ६७

काठमाडौँ- नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। सोमबार मात्रै देशभर ३ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ४, ओखलढुङ्गाका २, खोटाङमा ३, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सुनसरीमा ५०, सोलुखुम्बुमा ६, धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३ जना थपिएका छन्।

सिरहामा ४, काठमाडौँमा ७७९, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवाका ६, रामेछापमा ३, ललितपुरमा १४३ र सिन्धुपाल्चोकमा १३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा ३, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६, स्याङ्जामा ८, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११ जना संक्रमित थपिएका छन्।

गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६, सुर्खेतमा ५, अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डढेलधुरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जना कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्‍ये काठमाडौँमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ पुगेको जनाएको छ।

यस्तै गत चौबीस घन्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएको छ भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ६२९ छ।

हालसम्म ३६५ जनाको आईसीयु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्