म निर्विरोध हुनसक्छु: चन्द्र ढकाल

काठमाडौँ–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले चुनावमा आफू निर्विरोध विजयी हुन सक्ने सम्भावना अझै रहेको बताएका छन्।

उनले तीन कार्यकालमा दुई पटक आफू निर्विरोध विजयी भएको र एक पटक सबैभन्दा बढी मत ल्याएर विजयी भएकाले यस चुनावमा पनि अझै निर्विरोध विजयी हुन सक्ने सम्भावना रहेको बताएका हुन्।

उनले आफू नेतृत्वमा गएमा साना तथा मझौता व्यवसायीका समस्या सम्बोधन गर्ने पहिलो एजेण्डा भएको बताए।

आफूले पनि सानो व्यवसायबाट सुरु गरेर कर्पोरेटसम्मको यात्रा तय गरेकाले साना व्यवसायीहरुको समस्या बुझ्ने र सम्बोधन गर्ने उनले बताए।

उनले भने, ‘साना तथा मझौला व्यवसायीहरुको दुख, समस्यालाई सम्बोधन गर्ने, जिल्ला नगरतर्फ फ्रेण्डली वातावरण बनाउने, त्यसलाई स्वतःस्फुत रुपमा व्यवसायिक कार्य बढाउने कार्यका लागि नेपाल सरकार, नियमन कार्य निकाय, र लेगुलेटरसँग लबिङ गर्ने पहिलो एजेडा रहने छ।’

उनीहरुको समस्या सम्बोधनका लागि ढकालले नेपाल सरकार, सरोकारवाला निकायसँग लबिङ गर्ने जानकारी दिए।

उनका अनुसार साना व्यवसायीलाई संरक्षण गर्न सकियो या व्यवसायिक वातावरण बनाउन सकियो भने मात्र ‘ग्राउण्ड लेबल’ बाट व्यवसायिक कार्यहरु अगाडि बढ्न सक्नेछन्।

यस्तै उनले जिल्ला नगर वाणिज्य संघ र केन्द्रीय नेतृत्वबीच सोझै सम्पर्क गर्न सक्ने वातावरण बनाउने बताए।

‘खास गरेर जिल्ला नगर उद्योग वाणिज्य संघहरुले अधिकांश व्यवसायिक साथीहरुले चुनावको बेला आउने, भोट माग्ने, र विजयी भएपछि उनीहरुका समस्याहरुलाई सम्बोधन नगर्ने, फोनको प्रतिक्रिया गर्ने, यस्तो समस्या प्राय जिल्ला नगर महासंघमा छ’, उनले भने, ‘महासंको नेतृत्वमा भएपछि जिल्ला नगर संघसँगको कम्युनिकेसन ग्यापलाई हटाउने या डिजिटलाइज गर्ने या सञ्चारको एउटा सरल माध्यम बनाएर यो समस्या समाधान गर्ने मेरो अर्को एजेण्डा हो।’

उनले नेपालका अधिकांश जिल्ला नगर उद्योग वाणिज्य संघहरु ‘सेल्फ सस्टेन’ गर्न सक्ने अवस्था नरहेको आर्थिक रुपमा सशक्त बनाउने बताए। त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई ‘थिङ्क ट्याङक’ का रुपमा विकास गर्ने पनि उनले बताए। ‘नेपाल उद्योग महासंघले नेपाल सरकारसँग तथा सरोकारवालासँग पोलेसी निर्माणका लागि सहजीकरण गर्ने, संघका सचिवालयहरु सञ्चालन गर्न आर्थिक रुपमा कठिनाइ छ। आउने दिनमा जिल्ला नगर वाणिज्य संघका सचिवालयहरुलाई आर्थिक रुपमा चलायमान बनाउन सहयोग गर्ने उनले बताए।

कोभिडका कारणले खस्केको नेपालको अर्थतन्त्रलाई माथि उठाउनका लागि सरकार, नियमनकारी निकाय, रेगुलेटरसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताए।

यस्तै उनले व्यवसायलाई अगाडि बढाउन लगानीकर्ता भित्र्याउने पनि बताए।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्