प्रदेश-१ मा २२८ कोरोना संक्रमित थप, ९१ जना डिस्चार्ज

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का २ सय २८ जना नयाँ संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार प्रदेशमा ९ सय ८५ जनाको पीसीआर परिक्षण गरिएको थियो। जसमध्ये ८० महिला र १ सय ४८ जना पुरुषमा संक्रमण देखिएको हो।

सोमबार झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा समान ३, ते¥हथुम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

झापाको दमक नगरपालिकामा ४९, मेचीनगर नगरपालिकामा ९, कनकाई नगरपालिकामा ८, भद्रपुर नगरपालिकामा ६, विर्तामोड नगरपालिकामा ५, अर्जुनधारा नगरपालिमामा ४, झापा, कचनकवल, कमल गाउँपालिकासंगै शिवसताक्षी नगरपालिकामा समान २, हल्दिबारी, बुद्धशान्ति गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि, सुनसरीको इटहरी र धरान उपमहानगरपालिकामा समान २०, बराह क्षेत्र नगरपालिकामा ४, बर्जु गाँउपालिकामा ३, इनरुवा नगरपालिकामा २, रामधुनी नगरपालिका र भोक्राहा नरसिंह गाँउपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मोरङमा प्रदेश राजधानी विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचा नगरपालिकामा समान २, पथरीशनिश्चरे, लेटाङ नगरपालिकासंगै बुढीगंगा, र मिक्लाजुङ गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि, पहाडी क्षेत्रतर्फ संखुवासभाको चैनपुर नगरपालिकामा १, मकालु गाँउपालिकामा १०, ताप्लेजुङको फुङलिङ नगरपालिकामा ९, पाथीभरा याङवरक गाँउपालिकामा १, खोटाङको खोटेहाङ गाँउपालिकामा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगा नगरपालिकामा २, चौदण्डीगढी नगरपालिकामा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र चौविसे गाँउपालिकामा समान १, तेह्रथुमको लालीगुराँस नगरपालिकामा १, भोजपुरको आमचोक गाँउपालिकामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय १८ पुगेको छ ।

अर्कोतर्फ, प्रदेशमा सोमबार ९१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न होमआइसोलेसनबाट ८७, झापाको मेची अस्पतालबाट ३ र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९ सय ९० पुगेको छ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्