प्रभु बैंकद्वारा ‘ई–केवाईसी’सेवा सञ्चालनमा

काठमाडौँ–प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘ई–केवाईसी’सेवा सञ्चालनमा ल्याएको छ।

बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा ‘लगइन’ गरी अनलाइनमार्पmत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको हो। जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुको समय बचत हुने छ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्