कोरोना संक्रमित प्यूठानका ७८ वर्षे व्यक्तिको मृत्यु

नेपालगञ्ज – प्यूठान नौबाहिनी गाउँपालिका–६ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या भएपछि ७८ वर्षीयलाई कात्तिक ३० गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मंसिर एक गते कोरोना पोजिटिभ रिपोर्ट आयो । २ गते भेरी अस्पताल, नेपालगञ्जमा ल्याइयो ।

भेरी अस्पतालमै उपचारको क्रममा मंगलबार बिहान नौ बजे ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।

यसैबिच, मंगलबार २८ जनाले कोरोना जितेर घर फर्किएका छन् । १५ पुरुष र १३ महिला डिस्चार्ज भएका हुन् । जिल्लामा अहिलेसम्म तीन हजार पाँच सय ५८ जनाले कोरोना जितेका छन् । एक सय ५१ जना कोरोनासँग लडिरहेका छन् ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्