सीमा विवाद रहेको इलाकको सन्दकपुरमा बीओपी स्थापना

झापा – इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौँवारीमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट स्थापना भएको छ।

एक प्रदेशका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषीराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहकाबिच उक्त बिओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध काम कारवाहीहरूमा परिचालित हुनेछ।

इलाम जिल्लाको सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमानाका भन्दा करिब १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिक कार्य आरम्भ गरेको छ।

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो। नेपाल सरकारको नीति अनुरुप सिमानालाई अझ मजबुत बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टहरु थप गर्दै लगिएको हो।

हालसम्म १८९ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोस्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको जनाइएको छ।

सन्दकपुरमा पहिलादेखि नै सीमा विवाद कायम छ। सीमा विवादकै कारण पटकरपटक सन्दुकपुरमा तनावसमेत उत्पन्न भएका थिए।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्