बर्दिबास प्रदर्शनमा घाइते भएका दुईजनालाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिँदै

जनकपुरधाम- बर्दिबासमा भइरहेको प्रदर्शनमा घाइते भएका मध्ये २ जनालाई थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको हो।

६ वर्षीय बालिकालाई बलात्कार गरेर हत्या गरेको भन्दै प्रदर्शन गरिरहेको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका ३ जना मध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टरमा काठमाडौँ पठाउन लागिएको छ ।

महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टिका बहादुर केसीले दुईजनाको थप उपचारको लागि हेलिकपटर मार्फत पठाउन लागिएको जानकारी दिए । उनका अनुसार बुद्धिराज न्यौपाने र श्याम कार्कीलाई पठाउन लागिएको हो ।

उनले भने, ‘बुद्धिराज न्यौपानेलाई गोली लागेको हो र श्याम कार्कीलाई अन्य केहीले लागेको हुन सक्छ । श्यामको घाँटीमा चोट लागेकोले राम्रो उपचारको लागि काठमाडौँ पठाउँदैछौँ ।’

बर्दिबास नगरपालिका वडा नं. १४ शुभम् वस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि बेपता भएकी थिइन्।

सोमबार मध्य रातमा बालिकाको शव बोरामा फेला परेपछि आक्रोशित स्थानियहरुले बलात्कार गरेर हत्या गरेको भन्दै शव लिएर सडकमा प्रर्दश गरी रहेको छन्।

अहिले प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छ। हत्याको आरोपमा पक्राउ परेका आरोपितको घरलाइ स्थानीयहरुले जलाएका छन् ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्