
जनकपुरधाम-महोत्तरीको बर्दिबासमा बालिका हत्या गरेको आरोपमा पक्राउ परेका आरोपित यस भन्दा पहिले हत्या आरोपमै धरौटीमा छुटेको खुलेको छ।
अदालतबाट धरौटीमा छुटेका आरोपी पुन बालिका हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १४ शुभम वस्तीका शहिद आलमकी ६ वर्षीय छोरी गुलाब साह खातुनको हत्या गरेको आरोपमा पक्राउ परेका आरोपित यस भन्दा पहिले पनि हत्या आरोपमा पक्राउ परेको खुलेको छ ।
महोत्तरीका गौशाला नगरपालिका वडा नं. ५ का अरुण कुमार साहले रक्सी खाएर विवाद गर्दा आफ्नै साथीको हत्या गरेका थिए।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ विर्ताका दिलीप ठाकुरलाई हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले गत वैशाख २८ गते ठाकुर मृत अवस्थामा फेला पर्दा अनुसन्धान गर्दा ठाकुरका साथी अरुण साहले नै हत्या गरेको खुलेको बताए।
तर पक्राउ परेका साह धरौटीमा छुटेका थिए । यद्धपी साह कहिले धरौटीमा छुट्यो प्रश्नमा उनले यकिन समय जानकारी नरहेको बताए।
यता धरौटीमा छुट्टेका साह पुनः ६ वर्षीय बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिबासले संयुक्त रुपमा घटनाको अनुसन्धान सोमवार नै थालेको थियो।
प्रहरीले अरुणलाई पक्राउ गर्दा उनले स्वीकार गरेपछि अरुणकै ब्यानको आधारमा शव फेला परेको प्रहरीले जनाएको छ।