काठमाडौँ उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ।

 

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्