आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धुनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सुनसरीमा ११०, सोलुखुम्बुमा २, धनुषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १, सिरहामा ५, काठमाडौँमा ६९२, काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५ र धादिङमा १५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १९०, सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा २, कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासीपूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, बाग्लुङमा २, स्याङ्जामा ८, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नवलपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८, रुपन्देहीमा ३८, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुमपश्चिममा ३, सल्यानमा २, हुम्लामा २, अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धुरामा ५, दार्चुलामा १ र बझाङमा १ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ।

 

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्