कोरोना अपडेटः संक्रमित २ लाख २४ हजार ७८, निधन १३६१, डिस्चार्ज २ लाख ४ हजार ८५८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धुनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सुनसरीमा ११०, सोलुखुम्बुमा २, धनुषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १, सिरहामा ५, काठमाडौँमा ६९२, काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५ र धादिङमा १५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १९०, सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा २, कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासीपूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, बाग्लुङमा २, स्याङ्जामा ८, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नवलपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८, रुपन्देहीमा ३८, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुमपश्चिममा ३, सल्यानमा २, हुम्लामा २, अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धुरामा ५, दार्चुलामा १ र बझाङमा १ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा थप ९ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ४३ पीसीआर परीक्षण भएको छ।  हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन्।

हाल देशभर ३ सय ९३ जना कोरोना संक्रमितको आईसीयुमा  र ५७ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्