पोखरा- कोरोना महामारीका कारण पर्यटकीय नगरी पोखरा पनि यतिखेर सुनसान छ।

होटलहरुमा पाहुना छैनन्, सधैँजसो चहलपहल हुने लेकसाइड पनि सुनसान छ।

फेवातालका डुंगाहरु पनि पर्यटकको अनुपस्थितिमा खालिखालि छन्।

कोरोना महामारीले सबैभन्दा बढी असर गरेमध्ये एउटा क्षेत्र हो पर्यटन। पोखरा १२ महिना नै गुल्जार रहन्थ्यो सामान्य अवस्थामा।

त्यही पोखराका अधिकांश पर्यटकीय स्ठल र होटलहरु पर्यटक नआउँदा शून्य अक्युपेन्सीमा चलिरहेका छन्।

पोखराबाट देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: