दराज र नबिल बैंकको सहकार्यमा ‘साझेदारीमा दराज सारथी’कार्यक्रम

काठमाडौँ–नेपालको अनलाइन बजार दराज र नबिल बैंकको सहकार्यमा ‘साझेदारीमा दराज सारथी’कार्यक्रम औपचारिक रूपमा शुरू गरेको छ।

यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसाईहरूले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन्।

महामारीका कारण आइपरेको आर्थिक संकटलाई समाधान गर्न उक्त कार्यक्रमले सहयोग पुग्ने कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा विक्रेताको प्रदर्शन अनुसार सुविधाहरु हुनेछन। दराज सारथी कार्यक्रम मार्फत एसएमई विक्रेताहरुले कुल ५० करोड रुपैयाँसम्मको वित्तिय सहयोग प्राप्त गर्ने मौका पाउनेछन्।

साथै दराजमा सहभागी एसएमइ विक्रेताहरुले थप सुविधा नि पाउनेछन् जसमा आकर्षक व्याज दरमा थप १० करोडसम्म लोन रकम पर्दछ ।

कर्जा सुविधाको साथ साथै एसएमई विक्रेताहरुले कागजात पेश गरेको ७२ घण्टामै लोनको निर्णय, एसएमईको लागी राम्रो ब्याज दर, विभिन्न एसएमई आवस्यकताहरु पुरा गर्न बनाएको विभिन्न प्रकारको लोनहरु, दराजमा विक्रेताको प्रदर्शन अनुसार लोन एड्मिन शुल्कमा छुट र पहिलो दश एसएमईहरुका लागि लोन एड्मिन शुल्कमा ०.२५ प्रतिसत छुट लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्