कोरोनाका कारण विराटनगरमा दुईजनाको मृत्यु

मोरङ – विराटनगरको नोबेल शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मंगलबार राति उपचारका क्रममा सुनसरीका संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको हो।

मंगलबार राति ११ बजेर ४० मिनेटमा सुनसरीको रामधुनी नगरपालिकाका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बताए।

दिउँसो श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्नाका लागि पुगेका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार थालिएको भएपनि राति मृत्यु भएको हो ।

त्यसैगरि, राति करिब सवा ९ बजे धरान उपमहानगरपालिकाकी ५० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। कोरोना पुष्टि भएसंँगै ती महिलालाई मंसिर ६ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्