सप्तरीका एक संक्रमितको धरानमा मृत्यु

धरान – सप्तरीका एक पुरुषको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरीको राजविराज–४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति सवा १२ बजे मृत्यु भएको हो।

मृगौला सम्बन्धी रोगबाट पीडित उनमा मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो।

यससँगै प्रतिष्ठानमा हालसम्म १ सय १२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा हाल २९ जना संक्रमित उपचाररत छन्।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्