बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाईंलाई कोरोना संक्रमण

झापा – झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण भएको केही दिनपछि उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई पनि कोरोना संक्रमण देखिएको छ।

उनलाई मंगलबार संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो। त्यसपछि उपप्रमुख प्रसाई सेल्फ आइसोलेशनमा बसेकी थिइन् । पाँच दिनपछि पीसीआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको हो।

संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाईं होम आइसोलेशनमै रहेकी छिन् । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको छ ।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्